Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – दोस्रो दिनमा पनि रुसले युक्रेनी शहर ओडेसामा खाद्यान्न गोदाम र निर्यात प्रबन्धमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा परी एक बालकसहित १० जना घाइते भएका छन् । यो शहर ब्लाक सीको तटमा अवस्थित छ र साथै यहाँ युक्रेनको सबैभन्दा ठूलो बन्दरगाहसमेत रहेको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा राष्ट्रहरूले आफ्नो उद्देश्यका लागि ब्ल्याक सी अनाज सम्झौतालाई उल्ट्याएको आरोप लगाएका छन्। तर, आफ्ना सबै शर्त पूरा भएमा तत्कालै सम्झौतामा फर्किने उनले बताए । उनले मस्कोको अडान दोहोर्‍याए र हामीले पहिले सहमति गरेका पाँच शर्त पूरा भएमा हामी तुरुन्तै सम्झौतामा फर्कनेसमेत जनाएका छन् ।

गत सोमबार रुसले युक्रेनसँगको खाद्यान्न निर्यात सम्झौतालाई पछ्याउँदैन भन्ने घोषणा गर्दै खारेज गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पछिल्लो आक्रमणलाई रुसले गरेको आतंककारी कार्य भनेका छन्, जसले अन्न निर्यातका लागि पूर्वाधार नष्ट गरेको छ। युक्रेनले अब रोमानियामा जहाज पठाउन अस्थायी समुद्री मार्ग तयार गर्ने बताएको छ। यसमार्फत खाद्यान्न निर्यात हुनेछ ।

विगत दुई दिनमा खाद्यान्न गोदाम, औद्योगिक एकाइ, अनाज टर्मिनल, सपिङ मल, आवासीय तथा कार्यालय भवन र कारलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ । रुसले ब्लाक सीमा सञ्चालित सबै प्रकारका पानीजहाजलाई युक्रेनको युद्धपोत मानिने र आक्रमण गर्ने बताएको छ । रुस बाहेक अन्य कुनै पनि देशका जहाजलाई ब्लाक सिमा जान अनुमति छैन ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले खाद्य सम्झौताबाट रुस बाहिरिँदा विश्वमा खाद्यान्न असुरक्षा बढ्ने, खाद्यान्नको मूल्य बढ्ने र गरिब देशलाई कठिन हुने बताएको छ ।

तपाईको प्रतिक्रिया