Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चलेको छ । बुधबार गोली लागेर वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको हो ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको बताइएको छ । नेपाली मृतक गार्डको बारेमा थप जानकारी भने खुलिसकेको छैन ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन । गोली प्रहारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया