Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – युरोपेली सङ्घ, औद्योगिक एवम् विकासोन्मुख राष्ट्रसहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका १९ देश मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीका विकासमन्त्रीरूको बैठकमा भाग लिन ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधि भारतको वाराणसी आइपुगेका छन् ।

विमानस्थलमा विदेशी पाहुनालाई अवधको फरुवाही नृत्य टोली र काशी विश्वनाथ डमरु वदन समितिले भव्य स्वागत गरेको थियो । विमानस्थलमा विदेशी पाहुनाले डमरु वदन र भारतीय नृत्य पनि प्रस्तुत गरेका थिए ।

आइतबारदेखि सुरु भएको बैठक मंगलबारसम्म चल्नेछ । बैठकमा भागलिन पवित्र नगरी काशी आउनेमा अष्ट्रेलियाका राजनीतिज्ञ प्याट्रिक कोनरोय, भारतका लागि ब्राजिलका राजदूत मौरिसियो लिरियो, अन्तरराष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुट्टा उर्पिलेनेन, जर्मनीका आर्थिक सहयोग तथा विकासमन्त्री स्वेन्जा शुल्जे, जापानी मन्त्री शुन्सुके ताकेई र चीनका झाओ यिफानलगायत आएका हुन् ।

सांस्कृतिक विविधताले समृद्ध भारतका नागरिकले विमानस्थलमा आफूहरूलाई गरेको स्वागतबाट विदेशी पाहुना निकै खुसी देखिएका थिए । बैठकको अध्यक्षता जी ट्वेन्टीको वर्तमान अध्यक्ष देश भारतका विदेशमन्त्री एस जयशङ्करले गरेका छन् ।

तपाईको प्रतिक्रिया