Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपमा सातदोबाटो युथ क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिजो (बिहिवार) भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गरे भने पुलिसका लागि प्रविन थापाले सान्त्वना गोल गरे।

सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको विजेतासँग खेल्ने छ। उक्त खेल आज शुक्रबार हुनेछ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले उपाधिसहित रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छन्।

 

तपाईको प्रतिक्रिया