Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – नेपाली र भारतीय बक्स अफिसमा ब्लकबस्टर भएको ‘आरआरआर’ले जापानमा पनि राम्रो व्यापार गरेको छ। आरआरआरको ओपनिङ कलेक्सन त कुनै पनि भारतीय फिल्मको लागि सर्वाधिक कमाइ हो। केही साताअघि आरआरआर ट्रिओ रामचरण, जुनियर एनटीआर र राजामौलीले जापानमै गएर फिल्मको प्रोमोशन गरेका थिए। जापानमा अक्टुबर २१ मा फिल्म रिलिज गरिएको थियो।

भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार फिल्मले पहिलो साता नै ७३ मिलियन जापनिज येन अर्थात् चार लाख ९५ हजार अमेरिकी डलरको कमाइ गरेको थियो। फिल्म जापानका ४४ शहरका ३१ आईम्याक्स र २०९ स्क्रिनमा लागेको थियो।

जापानमा यति धेरै स्क्रिनमा रिलिज भएको यो एक मात्र भारतीय फिल्म हो। पछिल्लो १० दिनको आँकडा हेर्ने हो भने चाहिँ आरआरआरले ६ करोड भारुको कमाइ गरेको छ। यद्यपि फिल्म युनिटले सोचेभन्दा चाहिँ यो कमाइ थोरै नै हो।

 

 

तपाईको प्रतिक्रिया