यीमध्ये नेपाली दर्शकले ‘हिजो आजका कुरा’लाई नै पर्खिएका थिए। ‘माया जदौ’ बोलको चलचित्रको गीत, सन्तोष पन्तको चर्चित हास्य टेलिश्रृङ्खलाको लिगेसी भएका कारण पनि फिल्म प्रतीक्षित थियो। चलचित्रमा सन्तोष पन्तसहित रमा थपलिया, ऋचा शर्मा लगायतका कलाकार छन्। चलचित्रको निर्देशन साकार पन्तले गरेका छन्। चलचित्र झण्डै साढे २ घण्टा लामो छ। फिल्म कमेडी ड्रामा विधामा बनेको छ।
यो फिल्मलाई भने दक्षिण भारतीय अथवा प्यान इण्डियन फिल्म ‘गडफादर’ले चुनौती दिने सम्भावना छ। एक्सन विधामा बनेको यस फिल्ममा दक्षिण भारतका मेगास्टार चिरञ्जीवीको अभिनय छ। यस्तै बलिउडका ‘भाइजान’ सलमान खान पनि चलचित्रको मुख्य कलाकार हुन्।









