Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – भारतको जम्मू-कश्मीरमा डीजी जेल (डाइरेक्टर जनरल फ्रम प्रिजन्स) हेमन्त लोहियाको घाँटी रेटेर हत्या भएको छ । सोमबार अबेर राति उनको हत्या भएको हो । हत्यापछि उनको शव उनकै घरमा जलाउने प्रयास भएको थियो ।

हत्याको १० घण्टापछि मंगलबार बिहान आतंकवादी संगठन द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लोहियाको हत्याको जिम्मेदारी लिएको छ । टीआरएफले सामाजिक संजालमार्फत यसको जानकारी दिएको हो । टीआरएफ लश्करसँग जोडिएको आतंकवादी संगठन हो ।

घटनापछि उनका नोकर यासिर फरार रहेका छन् । खोजी जारी रहेको प्रहरीले जनाएको छ । लोहिया जम्मूको बाहिरी इलाका उदयवाडामा रहँदै आएका थिए । उनी सन् १९९२ ब्याचका आइपीएस अधिकारी थिए । उनलाई गत अगस्तमा डीजी जेलका रुपमा तैनाथ गरिएको थियो ।

तपाईको प्रतिक्रिया