Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ । स्रष्टा/सर्जक गृष्मा पौड्यालको शब्द रहेको गीत ‘बाली सिंगापर…’ सार्वजनिक भएको छ । सुरेन्द्र श्रेष्ठको सङ्गीत तथा स्वर रहेको गीत तारा सितारा प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीत नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर काठमाडौँमा सार्वजनिक गरिएको हो । जापानमा बसेर साहित्यिक, शिक्षा तथा सामाजिक विधामा कलम चलाउँदै आएकी पौड्यालको यो गीत ‘रारा म्युजिक अवार्ड २०७९’को उत्कृष्ट पाँचमासमेत परेको छ । सिंगापुरका युवक र नेपालकी युवती बिचको भेट र माया प्रेमको विषयलाई उठाइएको गीत निकै उत्कृष्ट बनेको छ ।

यो पनि : गृष्मा पौड्यालको गीत रारा राष्ट्रिय म्युजिक अवार्डका उत्कृष्ट पाँचमा

कथाबद्ध रूपमा तयार पारिएको गीतको म्युजिक भिडिओलाई पनि दर्शक/श्रोताले मन पराउने अपेक्षा गरिएको छ । आदेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको भिडिओलाई कृष्ण पौडेलले निर्देशन गरेका छन् । गीत भिडिओ युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।

हेर्नुहोस् भिडिओ :-

तपाईको प्रतिक्रिया