Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणाका हुन् ।

पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका छन् । उनले त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्तो निर्णय गरेको बताए । ‘परिणाम सबैलाई राम्रोसँग जानकारी छ,’ पुटिनले भने, ‘जनताले आफ्नो चाहना व्यक्त गरेका छन् ।’ रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।

पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए। विशेष कारबाहीको नाम दिइएको उक्त आक्रमणको ६ महिनापछि ती चार क्षेत्रमा रूसमा गाभिने कि नगाभिने भन्ने विषयमा जनमत संग्रह गरिएको थियो।

हतियारधारी सैनिकहरूसहित मतदान अधिकारीहरू मतपेटिका बोकेर घर-घरमा गएका थिए। चार दिनसम्म चलेको भनिएको जनमत संग्रहको नतिजामा बहुमतले रूसमा गाभिने पक्षमा मत दिएको मस्कोले जनाएको थियो।

पश्चिमा देशको विरोध
यसैबीच, युरोपेली सङ्घअन्तर्गतका देशहरूले रुसको कदमको स्पष्ट रुपमा निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन् । युक्रेनी भूभागलाई आफूमा गाभ्ने रुसको कदमलाई उनीहरूले गैरकानुनी भनेका छन् । एउटा संयुक्त विज्ञप्तिमा ती देशका नेताहरूले त्यसरी गाभिएको क्षेत्रको पहिचान कहिल्यै नगरिने बताएका हुन् ।

उनीहरूले रुसको त्यस्तो कार्यले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको बताएका छन् । युक्रेनसँगको ऐक्यबद्धता पनि उनीहरूले दोहोर्‍याएका छन् । रुसको परमाणु धम्कीले आफूहरूको सङ्कल्प नडग्मगिने पनि उनीहरूले बताएका छन् । युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले पुटिनको कदमले केही पनि परिवर्तन नगरेको बताइन् ।

सन् २०१४ मा पनि रुसले युक्रेनको क्राइमियालाई यसैगरी गाभेको थियो । त्यतिबेलाको जनमतसङ्ग्रहको पनि आलोचना गरिएको थियो ।

तपाईको प्रतिक्रिया