Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – नेपाली फिल्म उद्योगमा नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठको प्रेमको राम्रै चर्चा छ। लमो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको गसिप पनि खासै सार्वजनिक हुँदैन्।खुलेर प्रेम स्वीकारेको यो जोडी चाँडै विवाहको तयारीमा छ। प्रेममा सफल मानिएको यो जोडी फिल्ममा भने फ्लप सावित भएका छन्।

एक महिनामै यो जोडीका दुई फिल्म रिलिज भए। दुबै फिल्म बक्स अफिसमा सफल हुन सकेनन्। भदौ ३ मा ‘माइकल अधिकारी’ र भदौ १० मा ‘राधा’ रिलिज भए। फिल्म रिलिज ताका सौगात र श्रृष्टिको राम्रै्र दौडधुप पनि देखियो। तर उनीहरुको दौडधुपलाई दर्शकले पत्याएनन्।

आफ्नो भूमिकामा अब्बल देखिएको यो जोडीको कामले राम्रो प्रशंसा बटुलेको पनि हो। फरक रुपमा फिल्ममा प्रस्तुत भएकी श्रृष्टिले झन धेरै प्रशंसा पाइन। तर राम्रो प्रतिकृयाले पनि फिल्म चल्न सकेन्।

सौगातले नै निर्माणमा साझेदारी गरेको ‘राधा’ रिलिजको केहि दिनमा शो कम पाएको भन्दै हलबाट निकालियो। ‘माइकल अधिकारी’ दर्बकले हलमा लागेको र हलबाट उत्रिएको नै थाहा पाएनन्। बक्स अफिसमा सफल नभएपनि प्रेममा भने यो जोडी सफल मानिन्छ।

तपाईको प्रतिक्रिया