
काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा नुनो टभारेज, बुकाया साका र ग्रानिट जाकाले एक एक गोल गरेका थिए । त्यस्तै युनाइटेडका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए । रोनाल्डोको प्रिमियर लिगमा यो सयौं गोल हो ।
युनाइटेका लागि खेलको ५७औं मिनेटमा ब्रुनो फेर्नानडेजले पेनाल्टी मिस गरेका थिए । यो जितपछि आर्सनलको ३३ खेलमा ६० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।त्यस्तै युनाइटेडको भने ३४ खेलमा ५४ अंक रहेको छ र लिगमा छैटौ स्थानमा रहेको छ ।








