Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ-  क्रिस्टियानो रोनाल्डोले आफ्नो प्रोफेसनल फुटबलको क्यारियरमा ५०औँ ह्याट्रिक पुरा गरेका छन्। शनिबार राति रोनाल्डोले नर्विच सिटीविरुद्ध ह्याट्रिक गर्दै ५०औँ ह्याट्रिक पुरा गरेका हुन्।

युनाइटेडलाई महत्त्वपूर्ण जित समेत दिलाए। रोनाल्डो अहिले खेलिरहेका खेलाडी मध्ये सबै भन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी हुन्। यस अघि २००८ मा युनाइटेडका लागि ह्याट्रिक गरेका रोनाल्डोले गत मार्चमा टोटनह्यामविरुद्ध दोस्रो ह्याट्रिक गरेका थिए।

रोनाल्डोले उनको पूर्व क्लब युभेन्टसमा पनि तीन ह्याट्रिक गरेका थिए भने रियल म्याड्रिडका लागि ४४ ह्याट्रिक गरेका थिए। क्लब फुटबलमा आफ्नो ५० ह्याट्रिक पुरा गरेका रोनाल्डोले आफ्नो देश पोर्चुगलका लागि १० ह्याट्रिक गरेका छन्।

यसरी रोनाल्डोले आफ्नो पुरै क्यारियरमा ६० ह्याट्रिक पुरा गरेका छन्। त्यस्तै लियोनेल मेसीले आफ्नो क्यारियरमा ५५ ह्याट्रिक गरेका छन्। मेसीले क्लब फुटबलमा ४८ ह्याट्रिक गरेका छन्। देश अर्जेन्टिनाबाट ७ ह्याट्रिक गरेका छन्।

तपाईको प्रतिक्रिया