Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडाैं – नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलनको उपाधि जित्न सफल भएका छन् ।

च्याम्पियनसिपको ५ किलोमिटर रनिङ्ग, २० किलोमिटर साईक्लिङ्ग र २.५ किलोमिटर रनिङ्गको दुरी हिमालले ४५ मिनट ५४.२९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । यस्तै हिराकुले सो दुरी १ घन्टा १ मिनट १०.६५ सेकेन्डमा पुरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् ।

नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोस्रो र वसन्त थारु तेस्रो भए । मानबहादुरले ५५ मिनट १.०७ सेकेन्डमा र थारुले ५८ मिनट २५.३१ सेकेन्डमा दुरी पार गरेका हुन् ।

यस्तै महिला तर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनट ५६.८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेवाङ्गले १ घन्टा ७ मिनट ३३.९४ सेकेन्डमा दुरी पार गर्दै रजत र कास्य पाए ।

विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सांसद एवं नेपाल ट्राईयाथलन संघका उपाध्यक्ष दीपक कोइराला, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठक लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया