Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कतारमा यस वर्ष हुने फिफा विश्वकप फुटबलको समूहको ड्र गरिएको छ । आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ ।

विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड,घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छन् ।

अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ ।

त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एसियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ । त्यसैगरी उत्तर अमेरिकी क्षेत्रबाट कोष्टा रिकाले इन्टर कान्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टा रिकाले ओसियाना क्षेत्रको विजेता न्यूजील्याण्डसँग प्लेअफ खेल्ने भएको छ ।

विश्वकपमा कुन समूहमा को-को परे ?

तपाईको प्रतिक्रिया