काठमाडाैं – नेपालले त्रिकोणात्मक टी २० आई सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको छ । यसअघि गत हप्ता खेलेको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल दुवै खेलमा पराजित भएको थियो ।
टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले निर्धारित २० ओभरमा नौ खेलाडी गुमाउँदै १८३ रनको चुनौतीपूर्ण स्कोर जोडेको थियो । जवाफमा पपुवा न्यूगिनी १६८ रनमा सीमित हुन पुग्यो ।
अर्को टोली मलेसिया सम्मिलित शृङ्खलामा डबल राउण्ड रोविन लीगको आधारमा सबै टोलीले एक अर्कोसँग २/२ खेल खेलेपछिको शीर्ष दुई टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।
यसअघि घरेलु मैदानमै भएका दुई वटा एकदिवसीय खेल हारेको नेपालले यो जितसँगै केही राहत महसुस गरेको छ । प्रतियोगितामा नेपालले पर्सि मलेसियासँग खेल्नेछ ।








