Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

नेपाली टोली साफ यू–१८ महिला च्याम्पियनसिपका सबै खेलमा पराजित भएको छ। बुधबार राति भएको खेलमा बंगलादेशसँग भएको आफ्नो अन्तिम खेलमा २–१ ले पराजित हुँदै नेपालले च्याम्पियनसिपको यात्रा सकाएको हो।

नेपालले उमेर समुहमा अहिलेसम्म गरेको खराब प्रदर्शन हो। च्याम्पियनसिपका ४ खेलमा १८ गोल खाँदा नेपालले ४ गोल मात्र फर्काउन सक्यो। गएराति भारतको जमसेदपुरस्थित जेडीआर टाटा स्पोर्टस् कम्प्लेक्समा भएको खेलमा नेपालले खेलेका चारै खेलमा पराजित भएको हो।

च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो। तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५–१ ले स्तब्ध भएको थियो।

तपाईको प्रतिक्रिया