Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौँ – अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी फेडरिको मार्टिन आरामबारूमाथि शनिबार फ्रान्समा गोली प्रहार भएको छ। ४२ वर्षका आरामबारूले २२ पटक अर्जेन्टिनाको राष्ट्रिय रग्बी टिमबाट खेलेका थिए।

उनले २००७ को रग्बी विश्वकपमा आयोजक फ्रान्सविरुद्ध गोल गर्दै अर्जेन्टिनालाई तेस्रो बनाउन भूमिका खेलेका थिए। एल इक्वियुपीका अनुसार कारमा हिडिंरहेका बेला उनलाई गोली हानिएको थियो। फ्रान्सेली पत्रिकाका अनुसार उनी बिहानै एक बारमा एउटा समुहसँग झगडा गरिरहेका थिए। त्यही समुहका व्यक्तिहरूले कारमा उनलाई फलो गर्दै गोली हाने।

पेरिसको सरकारी न्यायाधिसको कार्यालयले यस हत्याबारे अनुसन्धान थालेको छ। प्रहरीले तीनजना शंकास्पदको खोजी भैरहेको जनाएको छ। फ्रान्स र इङल्यान्डबीचको सिक्स नेसन्स फाइनलका दौरान स्टेडी डी फ्रान्समा आरामबारूको सम्मानमा ठूलो स्क्रिनमा उनको फोटो प्रदर्शन गरिएको छ।

तपाईको प्रतिक्रिया