Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिड विजयी भएको छ । एट्लेटिकोले आज बिहान सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० तथा समग्रमा २–१ ले पराजित गरेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन एक मात्र गोल रेनान लोडीले गरे । ​लोडीले खेलको ४१ औं मिनेटमा एन्टोनियो ग्रिजम्यानको पासलाई सदुपयोग   गरेका थिए ।

यो जितसँगै एट्लेटिकोले क्वार्टरफाइनल यात्रा तय गर्दा युनाइटेड भने बाहिरिएको छ । एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

तपाईको प्रतिक्रिया