Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ — उल्भ्सका गोलरक्षक जोसे साले गरेको दुर्भाग्यपूर्ण आत्मघाती गोलको मद्दतले इंग्लिस प्रिमियर लिगमा आर्सनल बिहीबार २–१ ले विजयी रह्यो । यो जितले आर्सनलको शीर्ष चारमा उक्लने सम्भावना फेरि बढेको छ ।

अहिले तत्काल भने आर्सनल २४ खेलबाट ४५ अंकसहित पाँचौं स्थानमा छ । खेल बराबरीतर्फ अग्रसर भएको बेला साको आत्मघाती गोल नाटकीय दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा सम्भव भएको थियो ।

त्यस अगाडि इमिरेट्स स्टेडियममा भएको खेलमा उल्भ्सले दक्षिण कोरियाली खेलाडी ह्वाङ हि चानको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ८२ औं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए ।

तपाईको प्रतिक्रिया