Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटाएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीलेले कोभिड-१९ को परीक्षण शुल्क घटाइएको जानकारी दिएका छन्।

लक्षण देखिएका व्यक्तिहरूलाई सरकारी प्रयोगशालाहरूमा निःशुल्क परीक्षण गरिने भन्दै उनले लक्षण नदेखिएका व्यक्तिले भने ८०० रुपैया शुल्क तिर्नुपर्ने बताए।

त्यसबाहेक निजी प्रयोगशालाहरूले विगतमा पीसीआर परीक्षण गर्दा २,००० रुपैयाँ लिने गरेकोमा अब त्यसलाई घटाएर १५ सय बनाइएको छ।

नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि सङ्क्रमितको सङ्ख्या गत सातादेखि निरन्तर बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्दै गएकाले विगतमा भेला र सार्वजनिक कार्यक्रमहरूमा उपस्थितिका लागि तोकिएको सीमालाई अझ कडा बनाउने बताएको छ।

तपाईको प्रतिक्रिया