Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख कोरोना खोप हराइरहेको बताएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई कोरोना संक्रमणको अवस्था र मन्त्रालयको तयारीका बारेमा जानकारी दिँदै सचिव डा. पोखरेलले हालसम्म नेपालले प्राप्त गरेर लगाएको कुल खोपमध्ये २०-२४ लाख खोप तथ्यांकबाट हराएको जानकारी दिएका छन् ।

उनले २० देखि २४ लाख खोप उचित लेखाजाखा नमिलेको देखिएको बताए । ‘व्यक्तिहरुले खोप कार्डबिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको, सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएको कारणले गर्दा पनि केही लाख खोपको लेखाजोखा भने नमिलेको देखिएको छ ।’ उनले भने, ‘अहिले तेस्रो डोज लगाउन आउनेहरुले पहिलो र दोस्रो डोज लगाउँदा आफूले कार्ड नै नपाएको पनि बताउने गरेका छन्य । उनीहरूले पहिला खोप लगाए पनि हाम्रो तथ्यांकमा भने इन्ट्री नभएको बुझिन्छ । यस्ता प्रशस्तै उदाहरण छन् ।’

उनले नेपालका ठूला शहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले दुई डोज खोप लगाइसकेको दाबी गरे । उनले भने,‘ शहरी क्षेत्रमा करिब ८० प्रतिशतले नै खोप लगाइसके भन्ने हाम्रो अनुमान छ,’ उनले भने, तथ्यांकले पनि त्यही देखाउँछ ।’

यस्तै डा. पोखरेलले विभिन्न प्राविधिक कठिनाइका कारण सरकारले घोषणा गरेअनुसार वडा–वडामा खोप पुर्‍याउन कठिन भइरहेको छ । ‘हामीले वडा वडामा खोप पुर्‍याउने भनेका थियौं । हामी त्यसका लागि अहिले पनि लागिरहेका छौं,’ उनले भने ।

यसैगरी बीचमा केही राष्ट्रहरूबाट सहयोग स्वरूप प्राप्त खोपको म्याद गुज्रिने मिति निकै कम रहेको कारणले गर्दा पनि त्यस्ता खोप व्यवस्थापन गर्न मन्त्रालयलाई कठिन भएको थियो । उनले सरकारले हाल तेस्रो डोज लगाउनेहरूको भने व्यवस्थित रुपमा तथ्यांक राख्ने प्रयास गरिरहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया