Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएको तथ्यांकले देखाउँछ। योसँगै विश्वभर हालसम्म कुल संक्रमित हुनेको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको छ।

पछिल्लो केही दिनयता यूरोप र अमेरिकामा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामामात्र ५ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

यसैगरी फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटलीमा १ लाख ७० हजार, स्पेनमा एक लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्।

तपाईको प्रतिक्रिया