Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं- भारतको राजधानी दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले कोरोनाका संक्रमितहरु तीव्र गतिमा बढिरहेको बताएका छन्।

पछिल्लो समय दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या पनि बढेको छ।

समाचार एजेन्सी एएनआईसँग स्वास्थ्यमन्त्री जैनले पछिल्लो दुई दिनमा कोरोना संक्रमणका ८४ प्रतिशत केस ओमिक्रोन भेरियन्टका रहेको बताए।

उनले सोमबार दिल्लीमा चार हजारसम्म कोरोना संक्रमणका थपिन सक्ने र पोजिटिभ दर ६.५ प्रतिशतले बढ्न सक्ने बताए। २ जनवरीमा मात्रै दिल्लीमा ३१०० भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ।

हाल दिल्लीका अस्पतालमा २०२ जना कोरोना संक्रमित भर्ना भएको स्वास्थ्यमन्त्री जैनले बताए।

भारतमा एकै दिनमा ३३ हजार ७ सय ५० जनामा ​​कोरोना संक्रमण थपिएका छन् भने १२३ जनाको मृत्यु भएको छ।

 

तपाईको प्रतिक्रिया