Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कोरोनाभाइरसको महामारीका कारण अध्ययनरत देशमा फर्किन नपाएका चिकित्सा शिक्षाको स्नातक तहका विद्यार्थीले नेपालमै पढाइ पूरा गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले चीन लगायत विभिन्न मुलुकमा भर्ना भएका विद्यार्थीलाई नेपालमै पढ्न, प्रयोगात्मक अभ्यास तथा इन्टर्नशिप गर्न पाउने सैद्धान्तिक स्वीकृति दिएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायत विभिन्न मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नशिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको बताए । कोभिड(१९ का कारण चीनको वुहानबाट सरकारले सन् २०१९ मा अधिकांश चिकित्सा शिक्षा पढिरहेका विद्यार्थीलाई एयरलिफ्ट गरेर नेपाल ल्याएको थियो ।

त्यस्तै, अन्य मुलुकबाट पनि विद्यार्थी फर्केका थिए । तर, चीनले विद्यार्थीलाई फर्कन अहिलेसम्म स्वीकृति दिएको छैन । जसका कारण चिकित्सा शिक्षा अध्ययन गरिरहेका दुई सय विद्यार्थी अप्ठ्यारोमा परेका थिए। उनीहरू एक वर्षदेखि आन्दोलनमा थिए । सरकारको यो निर्णयसँगै कोभिड(१९ को महामारी कारण देखाउँदै चीन लगायत विभिन्न देशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीले बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नशिप नेपालमै गर्ने बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया