Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले अहिले संसारको ध्यान तानेको छ । झन्डै दुई वर्षअघि फैलिएको कोरोना महामारी मत्थर हुँदै गएका बेला केही साताअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोनले संसारभरि फेरि अनिश्चितता ल्याएको छ।

दक्षिण अफ्रिकाका अनुसन्धानकर्ता तथा विश्वका विभिन्न देशका वैज्ञानिकहरुले ओमिक्रोनको विविध पक्षबारे अध्ययनहरु गरिरहेका छन् । यो कत्तिको संक्रामक छ, संक्रमणले कत्तिको गम्भिर बनाउँछ, लगायत अहिले लगाएका खोप प्रभावकारी छ वा छैन भन्नेमा वैज्ञानिकहरूको चासो रहेको छ ।

जापानमा एक जापानी वैज्ञानिकद्वारा गरिएको अध्ययनले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन, डेल्टा स्ट्रेन भन्दा ४.२ गुणा बढी संक्रामक भएको सङ्केत गरेको छ। क्योटो विश्वविद्यालयका स्वास्थ्य र वातावरणीय विज्ञानका प्रोफेसर हिरोशी निशिउराले दक्षिण अफ्रिकामा नोभेम्बर २६ सम्म उपलब्ध जीनोम डेटाको विश्लेषण गर्दा ओमिक्रोन, डेल्टा स्ट्रेन भन्दा ४.२ गुणा बढी संक्रामक भएको निस्कर्ष निकालेका हुन्।

उनको अध्ययनको निष्कर्ष बुधबार देशको स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिको बैठकमा प्रस्तुत गरिएको थियो। उक्त अध्ययन अरू वैज्ञानिकबाट समीक्षा हुन तथा जर्नलमा प्रकाशित हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया