Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीश राजीनामा दिनु पर्ने खालका भएको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको मर्यादा पालना नगरेकाले उनीहरू राजीनामा दिनुपर्ने खालका भएको बताए । उनले न्यायाधीशहरूले संविधानको पालना नगरेको आरोप लगाए । ‘उहाँहरू कसैले पनि संविधानको पालना गर्नु भएको छैन’, ओलीले भने, त्यसैले उहाँहरू सबै राजीनामा दिनु पर्ने खालकै हुनुहुन्छ ।’

अदालत संविधानको व्याख्यातासम्म भएको भएपनि अहिले सर्वोच्च अदालत संविधान नै संशोधन गर्न लागि परेको ओलीले दाबी गरे । अध्यक्ष ओलीले भने, ‘अदालतले अहिले संविधानको व्याख्या गर्न छाडेर संविधानको धारा नै हेरफेर गर्न लागि परेको छ ।’ उनले जनताको सार्वभौम अधिकारमाथि सर्वोच्चले हस्तक्षेप गरेकै दिन न्याय मरेको बताए ।

तपाईको प्रतिक्रिया