Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

अमेरिका- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बिश्वभर रहेका आफ्ना च्याप्टरका गतिबिधि, समस्या र सम्भाबनालाई लिएर अनेसास केन्द्र र च्याप्टरका अध्यक्षबीच छलफल सुरु गरेको छ । यसको पहिलो शृंखला अन्तर्गत आइतबार भएको अनलाइन छलफल कार्यक्रममा उत्तर अमेरिका क्षेत्रका अनेसास च्याप्टर अध्यक्ष र अनेसास केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अनेसासका (उत्तर अमेरिका), उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा उत्तर अमेरिकाका १५ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरूले च्याप्टर र केन्द्रबीच हुनुपर्ने सम्बन्धका बारेमा बिचार राखेका थिए । उनीहरुले यस प्रकारको कार्यक्रमले अनेसासको उदेश्य अनुरुप सहकार्य गर्न सहज हुने बताए ।

कार्यक्रममा बोर्ड अफट्रष्टी सभापति गीता खत्री, अनेसास अध्यक्ष प्रकाश पौडेल माइला, बोर्ड अफट्रष्टी उपसभापति पदम बिश्वकर्मा, बरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, महासचिव सर्वज्ञ वाग्ले, उपाध्यक्ष बाबा बस्नेत र राजेश बुढाथोकी,, कोषाध्यक्ष कृष्ण गिरी,सदस्यहरू दीप पाठक, डा, रेणुका सोलु, प्रमोद सारंग, निजानन्द मल्ल, तारा अधिकारीलगायतले सहभागिता जनाएका थिए ।

यसैगरी च्याप्टरबाट अध्यक्षहरू शकुन ज्ञवाली, उर्मिला निर्दोषी, भानुभक्त आचार्य, नम्रता गुरागाईँ, यम पौडेल, ईश्वर बगाले, दीप कार्की, ईश्वरी भट्ट, किरण मानिके, कपिल अधिकारी, तिलक कार्की, कमल पन्थी, कमला न्यौपाने, सीता कोइराला र सतिश त्रिपाठी (उपाध्यक्ष),लगायतको सहभागीता रहेको थियो । कार्यक्रमलाई अन्य महादेशहरूमा पनि निरन्तरता दिने अध्यक्ष माइलाले बताए ।

तपाईको प्रतिक्रिया