Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – जापानी इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पोरेसनले उड्ने कार बनाएर  परीक्षण समेत गरेको छ। परीक्षणको समयमा फ्लाइङ कार १० फिट माथिसम्म उडेकाले यसलाई सफल परीक्षण मानिएको छ।

एनईसीका अनुसार यो कार सन् २०२३ सम्ममा बजारमा आउने र २०३० पछि व्यक्तिले किनेर सहरमा उडाउन पाउने छन्। कम्पनीका अनुसार सो फ्लाइङ कार मानवरहित उडानको लागि निर्माण गरिएको हो।

यो कारको परीक्षण टोकियोस्थित एनईसी सेन्टरमा गरिएको थियो। सो फ्लाइङ कार हेर्दा ड्रोन जस्तो ठूलो मेसिन आकारको देखिन्छ।

यो उड्ने कार निर्माणको लागि जापानी सरकारले समेत सहयोग गरेको छ। सन् २०१७ मा उड्ने कार परीक्षणको क्रममा असफल भएको थियो। जापानको स्टार्टअप कम्पनी कार्टिभेटरको उड्ने कारमा दुर्घटना भएको थियो। अहिले कार्टिभेटरको फ्लाइङ कारमा एनईसी स्पोन्सर गरिरहेको छ। साथै सो प्रोजेक्टमा विभिन्न कम्पनीहरुले सहयोग गरेको जनाइएको छ।

उड्ने कार निर्माण तथा प्रवर्द्धनमा जापानका साथै दुबई, सिंगापुर, न्युजिल्यान्डलगायत देशसमेत लागेका छन्। एपवेस कम्पनी युबर टेक्नोलोजीले पनि उड्ने कार प्राथमिकतामा राखेको बताएको छ।

तपाईको प्रतिक्रिया