काठमाडाैं – काठमाडौं उपत्यका वरपरका डाँडामा हिउँ परेसँगै ती स्थानहरुमा हिउँ खेल्न जानेहरुको भीड लाग्न थालेको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि आज बिहान हिमपात भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भइरहेको जानकारी दिनुभयाे । वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ ।
पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउँसोदेखि नै भारी हिमपात भएको थियो ।

तपाईको प्रतिक्रिया








