Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले पैसा अशुल्न सुरु गरेका हुन् ।

केही समयअघि जापानले नेपालबाट समेत कामदर लिन सक्ने नीतिमा समावेश गरेपछि यहाँका व्यवसायीहरुले युवाबाट राहदानी संकलन गर्ने पैसा समेत अशुल्न थालेका हुन् । वैदेशिक रोजगार विभागले भने सूचना प्रकाशित गरी भ्रममा नपर्न सबैलाई सचेत गराएको छ ।

विभागका निर्देशक भोलानाथ गुरागाईँद्वारा जारी विज्ञप्तिमा जापानमा रोजगारीको हल्लाको पछि नलाग्न सचेत गराइएको हो । जापान रोजगारी विषयमा कुनै पनि निर्णय नभएको भन्दै विभागले कसैलाई पनि राहदानी तथा पैसा बुझाउने काम नगर्न आग्रह गरेको छ ।

जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छिट्टै छलफल गरी टुंगो लगाउने पनि विभागले जनाएको छ । निर्देशक गुरागाइँले कामदार जापान पठाउने विषयमा टुंगो नलागेकाले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन सूचना जारी गरिएको जानकारी दिनुभयाे ।

हल्लाकै भरमा कसैले राहदानी संकलन तथा पैसा असुलेको पाइए कारवाही गर्ने विभागले चेतावनी दिएको छ । यसअघि प्रशिक्षार्थी कामदारका रुपमा जिट्कोअन्तर्गत केही युवा जापान जाने गरेका थिए । जिट्को अन्तर्गत जापान जाने युवा भन्दा ठगिने युवा बढी थिए ।

जिट्को प्रभावकारी नभएपछि केही महिनाअघि नै बन्द भइसकेको छ ।

तपाईको प्रतिक्रिया