Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ ।

प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पु-याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई वृद्धाश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ ।

काठमाडौं परिसर प्रमुख एसएसपी वसन्त लामाले बेवारिसे वृद्धवृद्धालाई कालिमाटीस्थित आमाघर र गोंगबुको हिमालयन आश्रममा राखिने बताउनुभयाे। ‘सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको दैनिकजसो शव भेटियो । जाडोले उनीहरूको मृत्यु भएको देखियो । उनीहरूलाई वृद्धाश्रममा राख्न लागिएको हो,’ लामाले भन्नुभयाे।

उहाँका अनुसार भिखारीको हकमा भने कानुनअनुसार कारबाही चलाइनेछ । स्वदेशीलाई पक्राउ गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइने, अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने लामाले बताउनुभयाे । विदेशीलाई भने पक्राउ गरी सम्बन्धित मुलुकको बोर्डरमा लगेर छाडिने उहाँको भनाइ छ ।

कति छन् बेवारिसे वृद्धवृद्धा र भिखारी ?
महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौंमा अहिले झन्डै दुई सयको हाराहारीमा बेवारिसे वृद्धवृद्धा छन् । त्यसमध्ये एक सय ८८ को पहिचान भइसकेको छ ।

पहिलो चरणमा प्रहरीले सात वृद्धवृद्धालाई पक्राउ गरी आश्रममा लगिसकेको छ । उनीहरूका लागि आवश्यक खाद्यसामग्री, लत्ताकपडा, साबुन, ब्रसलगायतका आवश्यकीय सामग्री लायन्स क्लबको सहकार्यमा व्यवस्थापन भइसकेको छ ।

‘वृद्धवृद्धाको रोजीरोटीका लागि सबै व्यवस्था भइसकेको छ । महिना दिनसम्म पुग्ने रासन र आवश्यक सामग्री तयार छ । सम्बन्धित आश्रमलाई केही दिनमै हस्तान्तरण गर्छौं,’ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भन्नुभयाे ।

प्रहरीले भिखारीको तथ्यांक पनि संकलन गर्न सुरु गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी गरी दुई सयकै हाराहारीमा भिखारी रहेको अनुमान छ । भिखारीलाई भने व्यवस्थापन नभएर कारबाही नै हुने बोगटीले बताउनुभयाे।

तपाईको प्रतिक्रिया