Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ ।

मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड र प्रिन्टमा समस्या देखिएको भन्दै आयोगले १० दिने सार्वजनिक सूचना जारी गरेर प्रिन्टर्सका प्रतिनिधिसँग जवाफ माग गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालले आयोगमा स्मार्ट लाइसेन्स र कार्डसम्बन्धी लिखित उजुरी परेकाले मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जवाफ माग गरिएको बताउनुभयाे।

तपाईको प्रतिक्रिया