Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो ।

मन्त्रालय स्रोतका अनुसार उनले ब्यक्ति बेपत्ता बनाएको समाचार आएपछि चासो ब्यक्त गर्दै उनका आश्रम रहेका जिल्लाका प्रजिअलाई गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो ।

मकवानपुरमा उनीविरुद्ध ३० बर्षीया फुलमाया रुम्बा र ५१ बर्षीय सञ्चलाल वाइबालाइै बेपत्ता बनाएको उजुरी परेको छ ।

बम्जनको आश्रमबाट केहि ब्यक्ति वेपत्ता भएको तथा केही आनी दुब्र्यवहारमा परेको समाचार आएपछि पीडितका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । सोही आधारमा लागि प्रहरी पनि खोजीमा परिचालन भएको छ ।

तपाईको प्रतिक्रिया