Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रेड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड युनियनहरु नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ ।

संविधानअनुसार कर्मचारी समायोजन थाल्दा सरकार ट्रेड युनियनप्रति आक्रामक बनेको हो । सरकारले संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा कर्मचारीहरु विरोधमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ट्रेड युनियनहरुसँग असन्तुष्ट बन्नुभएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार ट्रेड युनियनले समायोजनविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानुन ल्याउने गृहकार्य अघि बढाएको हो ।

तपाईको प्रतिक्रिया