Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – जुम्लामा अनशरत प्रा.डा. गोविन्द केसीले सरकारले आफ्नो माग पुरा नगरेसम्म अनशन नतोड्ने अडान दोहोर्याउनु भएको छ । चिकित्सा शिक्षा अध्यादेश पुरानै अवस्थामा जारी हुनु पर्ने माग गर्दै जुम्लाको सदरमुकामस्थित कवर्ड हलमा अनशरत डा. केसीले माग पुरा नगरेसम्म काठमाडौं पनि नफर्कने र अनशन पनि नतोड्ने अडान दोहोर्याउनु भएको हो ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेल डा. केसीका माग क्रमशः पूरा हुने भएकाले अनशन तोडी काठमाडौं फर्कन आग्रह गरिरहेका बेला डा. केसीले आफूले कुनै पनि हालतमा अनशन नतोड्ने जिकिर गर्नुभएको छ । डा. केसीले भन्नुभयो, ‘मेरो माग आम नेपालीको हकहितमा छ । जबसम्म प्रतिस्थापन विधेयक आम नेपालीको हकहितमा आउँदैन तबसम्म मेरो लडाई जारी रहने छ।’ अनशन बस्नु अघि स्वास्थ्य जाँच गर्नबाट समेत बञ्चित डा. केसीले ठूलो हलमा म्याट ओछ्याएर अनशन जारी राख्नु भएको हो ।

डा. केसीले चिकित्सा शिक्षा विधेयकमा स्नातकोत्तरपछि दुई वर्ष सेवा दिने व्यवस्था बाहेक अरु कुनै पनि बुँदा परिवर्तन नगरी प्रतिस्थापन विधेयक जारी गर्नु पर्ने माग अघि सार्नु भएको छ । डा. केसी अनशनका लागि शुक्रबार जुम्लाको यात्रा तय गरेकै दिन उक्त विधेयक मन्त्रीपरिषद् बैठकले पारित गरी संसद सचिवालयमा दर्ता गराएको थियो ।

तपाईको प्रतिक्रिया