Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – तपाईंको मोटरसाइकल गन्तव्यमा नपुग्दै बाटोमै बिग्रियो ? डोहोर्याएर बनाउने ठाउँसम्म लैजाने चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता लिनु पर्दैन । अब मोबाइल एप्सबाटै तपाईँको समस्या समाधान हुने भएको छ ।  इम्प्याक्ट आईटीले निर्माण गरेको थर्ड ह्वील (third wheel) नामक मोबाइल एपको सहयोगले अब तपार्इँको मोटरसाइकल बिग्रेकै ठाउँमा मर्मत गरिदिने छ ।

यसका लागि सबैभन्दा पहिले थर्ड ह्वील (third wheel) नामक मोबाइल एप मोबाइलमा डाउनलोड गर्नुहोस् । सामान्य रुपमा यस एपमा आफ्नो जानकारी अनि सवारीसाधनको विवरण दर्ता गराउनु पर्छ । त्यसपछि आवश्यक परेको समयमा केवल एक बटन र एक क्लिकको मद्धतले यो सेवा लिन सकिन्छ ।  सर्भिसिङ तथा अन्य मर्मतका लागि पनि तपाईँको बाइक रहेको स्थान (चाहे त्यो घर होस् कार्यालय होस् वा बाटो नै किन नहोस्) बाट बाइकलाई मर्मतका लागि पठाउन सकिनेछ ।

समयमै गुणस्तरीय सेवा दिने उद्धेश्यले एप्लिकेसनको निर्माण गरिएको इम्प्याक्ट आईटीले जनाएको छ । कम्पनीका अनुसार हाललाई यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र उपलब्ध छ ।

तपाईको प्रतिक्रिया