काठमाडाैं – बिहान पहिलो खसेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड करिब १२ घण्टापछि खुलेको छ । इच्छाकामना गाउँपालिका ५ स्थित तोपेखोलामा चट्टानसहितको पहिरो खस्दा बिहान पाँच बजेदेखि सडक अवरुद्ध भएको थियो ।
बिहान ६ बजेदेखि नै तीन वटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहे पनि दिउँसोसम्म सडक खुलाउन समय लाग्याे । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो ४ बजेमात्र सडक दुईतर्फी खुलेको हो । ठूलो पहाडै खसेकाे तथा पहिरो पन्छाउँदै गर्दा फेरि पहिरो खसेपछि पहिरो हटाउनमा समय लागेको हो ।
कालीखोलादेखि जलविरेसम्मको क्षेत्रमा साना ठूला गरी दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको थियो । तर, सबैभन्दा ठूलो पहिरो भने तोपे खोलामा झरेको हो । सडक अवरूद्ध हुँदा हजारौ यात्रु बीचबाटोमा नै अलपत्र परेका थिए। बाटो खुलेपनि अझै केही घण्टा जाम हुने अनुमान गरिएको छ ।








