Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडाैं – न्यायाधीशहरुमाथि गम्भीर आरोप लगाउँदै कानुन व्यवसायीहरुले मंगलबारदेखि उच्च अदालत जनकपुर राजविराजको इजलास अनिश्चितकालका लागि बहिस्कार गरेका छन् ।

उच्च अदालतको इजलास बार इकाइको सोमबार बसेको बैठकले इजलास बहिस्कार गर्ने निर्णय गरेको अध्यक्ष विजय यादवले जानकारी दिनुभयाे । मुद्दा फैसलामा अनियमितता बढेको र आर्थिक चलखेलका कारण फैसलामा प्रभावित हुन थालेकाले इजलास बहिस्कार गर्नुपरेको उहाँकाे भनाइ छ ।

गत जेठ २० गते जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्यायपरिषदले त्रुटिपूर्ण निर्णय गरेकाले त्यसको विरोधका लागि पनि इजलास बहिस्कार गरिएको उहाँले बताउनुभयाे । १६ जना जिल्ला न्यायाधीश नियुक्ति गर्दा समावेशीको सिद्धान्तलाई पालना नगरिएको कानुन व्यवसायीहरुले आरोप लगाएका छन् ।

न्याय परिषदको गत जेठ २० गतेको निर्णय अनुसार यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया