काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाको विनियोजित विधेयकमाथिको छलफल जारी रहेकाले सम्बोधन स्थगित भएको हाे ।
चीनको ६ दिने राजकीय भ्रमणबाट सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलील अाज दिउँसो संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो । विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री ओलीले मंगलबार संसदलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सरेको बताउनुभयाे ।
‘प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ बजे संसदलाई सम्बोधन गर्नुहुनेछ’, उहाँले भन्नुभयाे । मंगलबार संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायतका कार्यालयको मन्त्रालयगत छलफल हुने कार्यक्रक्रम रहेको छ ।








