काठमाडौं – गायक सूर्यविरही साउँदको यथार्थ घटनामा आधारित गीत ‘बर्खा…’ युट्यूवमा सार्वजनिक भएको छ । २०५० साल असोज ८ गते सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले बनाइदिएको कहालीलाग्दो परिवेश समेटेर तयार पारिएको ‘बर्खा…’ बसिबियाँलो म्यूजिक प्रालीको युट्यूवमार्फत सार्वजनिक भएको हो ।
गीतमा सूर्यविरही साउँद र गायिका गौरी भट्टको स्वर रहेको छ भने, लय तथा शब्द गायक सूर्यविरही साउँद र योगेश बुढाको रहेको छ । भिम थापाको निर्देशन रहेको गीतको म्यूजिक भिडियोको छायांकन हरिश महराले गर्नुभएको हो भने सम्पादन श्याम कुँवर र प्रबिन रेग्मी मगरले गर्नुभएको छ ।
गायक तथा सर्जक सुर्यविरही साउँद र हेमानी ढुंगालको अभिनय रहेको गीतको म्यूजिक भिडियोमा साउँद र ढुंगाललाई श्याम बुढाथोकी, नरेश, गणेश, नरेन्द्र र भक्तले साथ दिएका छन् । बसिबियाँलो म्यूजिक प्रालीले बजार व्यवस्थापन गरेको गीतमा बिनोद बाजुरेली एरेन्ज तथा सड्क बाजुरेलीको मिक्सिङ रहेको छ ।
गीत मार्फत गाँउ घरको मौलिक कला संस्कृती तथा पराम्परागत शैली र रहन सहनलाई देखाउनु खोजिएको गायक तथा सर्जक सूर्यविरही साउँदले बताउनुभयो । यथार्थ घटनामा आधारित गीत बनेकोले सबैले मन पराउन विश्वास लिएको समेत साउँदको भनाई छ ।








