Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार परीक्षामा ४ लाख ५१ हजार ५ सय ३२ सहभागी भएकोमा १४ हजार २ सय ३४ जनाले ‘ए प्लस’ ग्रेड अर्थात ३ दशमलव ६५ भन्दामाथि ४ सम्म जीपीए ल्याएका छन् । यस्तै ग्रेड ‘ए’ अर्थात जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याउने ४६ हजार १ सय ३० जना छन् भने ‘बी प्लस’ ग्रेड अर्थात जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याउने विद्यार्थीको संख्या ३९ हजार ३७ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैगरी ‘बी’ ग्रेड अर्थात २ दशमलव २५ देखि २ दशमलव ८० सम्म जीपीए ल्याउने ७० हजार ५ सय १२ जना र ‘सी प्लस’ ग्रेड अर्थात २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म जीपीए ल्याउने ६१ हजार ८ सय ७० जना रहेको कार्यालयले जनाएको छ । सी ग्रेड अर्थात जीपीए १ दशमलव ६५ देखि २ सम्म ल्याउने १ लाख १ हजार ४३ जना र डी प्लस ग्रेड अर्थात जीपीए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ल्याउने ३५ हजार ५ सय ८४ जना छन् । कार्यालयका अनुसार ५८ हजार ६ सय ८८ जनाले डी ग्रेड अर्थात ० दशमलव ८५ देखि १ दशमलव २० सम्म जीपीए ल्याएका छन् ।

एक्जाम्टेडतर्फ २५ हजार १ सय ३८ जना सहभागि भएकोमा २ जनाले ए ग्रेड, १९ जनाले बी प्लस ग्रेड, १ सय ७७ जनाले बी ग्रेड ल्याएका छन् । यस्तै ७ सय २ जनाले सी प्लस, ५ हजार ८ सय ९५ जनाले सी ग्रेड, ६ हजार ५ सय २७ जनाले डी प्लस र ३ हजार १ सय ८ जनाले डी ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा कसरी थाहा पाउने
नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np  मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया