काठमाडाैं – आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरू आचार्य श्रीनिवासलाई जिल्ला अदालत मोरङले ५ हजार धरौटीमा छोडेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई ५ हजार धरौटी राखेर तारेखमा छोड्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले सेतोपाटीलाई जानकारी दिनुभयाे ।
मोरङ प्रहरीले श्रीनिवास विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा लगाएको थियो । चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई प्रहरीले पक्राउ गरि हातहतियार तथा खरखजाना मुद्दा लगाएको थियो ।
हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन उक्त कार्य गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन उक्त कार्य गरेको भन्दै मुद्दा दर्ता भएको हो ।








