Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

कैलाली – प्रदेश ७ को सरकारले ल्याएको बजेट गन्तव्यहीन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले विरोध गरेका छन् । अाज प्रदेश सभामा धारण राख्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले बजेट उत्पादनमुलक नभएको बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले सरकारले बिना योजना बजेट ल्याएको बताउनुभयाे । ‘सात नम्बर प्रदेशमा ४२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन्, गरिबी न्यूनिकरणका लागि सरकारको योजना खै ? पन्तले प्रश्न गर्नुभयो । अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तयार नगरेरै बजेट ल्याइएको उहाँले बताउनुभयाे ।

प्रदेश सरकारले ल्याएको बजेटका विषयमा धारणा राख्दै कांग्रेसका अर्का सांसद टेकबहादुर रैकाले सरकारले प्रतिपक्षको कुनै योजनाहरू नसमेटेको भन्दै आक्रोश पोख्नुभयाे । पटकपटक प्रतिपक्षलाई पनि योजना छनोटका लागि छलफलमा बोलाएर बजेटमा प्रतिपक्षले दिएका कुनै योजना नपारिएको उनको भनाइ थियो। ‘हामी के सांसद होइनौँ?, हामीलाई के जनताले जिताएका होइनन्?, अनि सरकारले किन हाम्रा योजना नसमेटेको?’ उहाँले भन्नुभयाे ।

सरकारले ल्याएको बजेटका विषयमा असार ४ गतेदेखी प्रदेशसभामा छलफल जारी रहेको छ। बिहीबार दोस्रो दिनको छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना प्रदेशसभा सदस्यहरूले धारणा राखेका हुन्।

तपाईको प्रतिक्रिया