Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२, ठूलीबार्खुका ५२ वर्षीय रुद्रे पुनले सहोदर भाइको हत्या गरेका छन् । बुधबार राती बाँफिकोट गाउँपालिका-६, स्थित मामाघरमा बसेका भाइ ३४ वर्षीय इन्द्रे पुनको हत्या गरेर रुद्रे आफै जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

अंशवण्डाको विषयमा विवाद बढ्दै जाँदा चिर्पटले हान्दा भाइको ज्यान गएको भन्दै रुद्रे आफै जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । उनीहरु दुई दाजुभाइ अदालतमा परेको मुद्दामा छलफलका लागि जिल्ला सदरमुकाम आएका थिए ।

दाजुभाइको विवाद घरमै मिलाउने भनेर बुधबार नै उनीहरु घर हिडेका र मग्मा स्थित मामाघरमा बास बसेको प्रहरीले जनाएको छ । विहीबार विहानै रुद्रे भाइको ज्यान गएको भनेर जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनीविरुद्ध कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया