Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

काठमाडौं – केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन् । अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन् ।

नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, “(‘वी वान्’) तिमीलाई हाम्रो गाउँमा स्वागत छ । अहिले हामी आफूलाई निकै भाग्यमानी ठानिरहेका छौँ ।” प्रधानमन्त्री पदमा रहँदा शिशुलाई जन्मदिने आर्डर्न दोस्रो विश्व नेता हुन् । यसअघि पाकिस्तानकी स्वर्गीय प्रधानमन्त्री बेनजिर भुट्टो प्रधानमन्त्री पदमा रहँदा शिशुलाई जन्म दिएकी थिइन् ।

शिशुलाई जन्मदिएपछि आर्डर्नले सुत्केरी बिदा लिएकी छन् । अस्पताल जानुअघि उनले उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई आफ्ना जिम्मेवारी सुम्पिएकी छन् । तर उनले आफू ६ साताको सुत्केरी बिदामा रहेको बेलापनि मन्त्रिपरिषद्को दस्तावेजहरूको अध्ययन गर्ने बताएकी छिन् । उनलाई पुत्री खबर सार्वजनिक भए लगत्तै न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुल लगायतका व्यक्तिबाट बधाईको ओइरो लाग्न थालेको छ । –बीबीसी

तपाईको प्रतिक्रिया