Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौँ – मुलुकको प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ५:३५ मा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको छ । अस्पतालले जारी गरेकाे विज्ञप्ती अनुसार उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखी १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए। उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी थियो। डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका हुन्। वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरेका थिए। 

तपाईको प्रतिक्रिया