Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – जिल्ला न्यायाधीश नियुक्ति रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता उज्जलराम श्रेष्ठले जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्याय परिषद्ले समावेशी र दलित कोटामा पुन: परीक्षाबाट पूर्ति गर्नुपर्ने दाबी गरिएको छ ।

संविधानमा समावेशी सिद्धान्तका आधारमा अदालतमा न्यायाधीश नियुक्त गर्नुपर्ने व्यवस्था भएको र यसअघि जिल्ला न्यायाधीशको परीक्षामा समावेशी तहमा कुनै पनि व्यक्ति उत्तीर्ण नभएकाले पुन: परीक्षा गर्न निवेदनमा माग गरिएको छ । संविधानमा जिल्ला न्यायाधीशमा ८० प्रतिशत परीक्षाबाट नियुक्त गर्ने भनिए पनि समावेशी तहमा परीक्षार्थी उत्तीर्ण नभएको बहानामा परिषदले आफू निकट व्यक्ति सिफारिस गर्ने गरेको दाबी निवेदनमा गरिएको छ । परिषदलाई परीक्षाबाट पूरा गर्नुपर्ने कोटामा तजबिजी अधिकार प्रयोग गरी सिफारिस गर्ने अधिकार नभएको निवेदनमा जिकिर गरिएको छ ।

परिषदले केही दिनमा यस्तो कार्य गर्न सक्ने भएकाले अन्तरिम आदेश जारी गर्न निवेदनमा माग गरिएको छ । केही दिनअघि मात्र न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो । उक्त परीक्षामा १६ जना उत्तीर्ण भएका थिए । उनीहरुलाई हालै मात्र न्यायाधीशको जिम्मेवारी दिइएको छ

तपाईको प्रतिक्रिया