Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आज देशभरका क्याम्पस तथा शैक्षिक संस्था अगाडि एक घन्टा चक्काजाम गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पटक–पटक मूल्य समायोजनको नाममा मूल्यवृद्धि गरिरहेकाले फिर्ता लिनुपर्ने मागसहित नेविसंघ केही दिनदेखि आन्दोलनरत रहेको छ।

तर सरकारले भने मूल्यवृद्धि नभई अन्तर्राष्ट्रिय रुपमा मूल्य समायोजन र भारतीय सिमामा तस्करी भईरहेकाले केही रकम बढाउनु परेको दावी गर्दै आएको छ।

काठमाडौंमा रत्नराज्यलगायतका क्याम्पस अगाडी विद्यार्थीहरुले एक घन्टा यातायात अवरुद्ध पार्दै विरोध जनाएका छन्।

तपाईको प्रतिक्रिया