चितवन – नारायणगढ–मुग्लिन सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिन नजिक तीन नम्बर पुलमा बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरूको परिचय खुलेको छैन । बिहान सवा सात बजे दुर्घटना भएको थियो । मोटरसाइकल बाटोमा नै भए पनि मृतक दुवै सडकदेखि करिब दुई सय मिटर तल खसेका थिए ।








