Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडाैं – स्कटल्याण्डको ग्लास्गोमा रहेको विश्व विख्यात स्कुल अफ आर्टमा भीषण आगलागी भएको छ । चार वर्षअघि आगलागीबाट ध्वस्त भएको आर्ट स्कुलको भवनमा फेरि भीषण आगलागी भएको हो ।

पुनर्निर्माण भइरहेको भवनमा स्थानीय समय अनुसार शुक्रबार राति साढे १० बजेतिर आगलागी सुरु भएको हो । आगो नजिकका भवनमा पनि फैलिएको छ । क्याम्पसको नाइट क्लब तथा ओ टू एबिसी म्युजिक भेन्यूमा पनि भीषण आगलागी भएको छ । अहिलेसम्म आगलागीका कारण मानवीय क्षति भएको जानकारी आएको छैन ।

आगो निभाउने प्रयास भइरहेको स्कटल्याण्डको अग्नी नियन्त्रण तथा उद्धार सेवाले जनाएको छ । आगो निभाउनका लागि १२० भन्दा धेरै अग्नीनियन्त्रक खटिएका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया